logo
  • ११ भाद्र २०८३, बिहीबार | Thu, 27 Aug 2026
  • निम्सदाइको नाम जोडेर अन्नपूर्णमा हिमाल र पदमार्गको नामकरण गर्न अन्नपूर्णको प्रस्ताव

    • myagdipress myagdipress
    • २ भाद्र २०८३ मंगलवार
    निम्सदाइको नाम जोडेर अन्नपूर्णमा हिमाल र पदमार्गको नामकरण गर्न अन्नपूर्णको प्रस्ताव

    म्याग्दी । विश्व कीर्तिमानी आरोही स्वर्गीय निर्मल पुर्जा ‘निम्सदाइ’ को सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हिमाल,पदमार्गको नामकारणका लागि संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकले आरोही पूर्जाले आफ्नै जन्मभुमिको वडा नं ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्वभरका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालको आरोहण सुरू गरेको स्मरण गदैं कार्यपालिकाको बैठकले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने प्रख्यात मौरिस हर्जोग पदमार्गलाई “निम्सदाई मौरिस हर्जोग पदमार्ग” बनाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो ।

    बैठकले पहिलो पटक मानवले सफलतापूर्वक आरोहण गरेको अन्नपूर्ण प्रथम हिमाललाई “निम्सदाई अन्नपूर्ण प्रथम” नामकरण गर्न नेपाल सरकारसमक्ष औपचारिक माग तथा निवेदन पेश गर्ने निर्णयसमेत गरिएको छ । स्वर्गीय पूर्जाको निधनले पर्वतारोहण क्षेत्रलाई अपुरणीय क्षती भएको गाउँपालिकाका अध्यक्ष भरत पुनले बताउनुभयो । उहाँका अनुसार स्वर्गीय निम्स दाईको सम्मानमा उहाँको शालिक तथा पार्क निर्माण गर्न हिउँदे अधिवेशनबाट आवश्यक बजेटको व्यवस्थापन गरिने भएको छ ।

    अन्नपूर्ण–३, दाना तितर जन्मिएका ‘निम्सदाइ’का रूपमा विश्व पर्वतारोहण समुदायमा परिचित पुर्जाले सन् २०१९ मा ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर पर्वतारोहणको इतिहासमा अभूतपूर्व कीर्तिमान बनाउनुभएको थियो ।

    ‘प्रोजेक्ट पसिबल’ मा विश्वभरका १४ वटा हिमाल आरोहणको अभियानमा पहिलो सुरुवात नै अन्नपूर्ण र दोस्रो म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गरेपछि थप हिमाल आरोहणमा निस्किनुभएको थियो । पहिलोपटक धौलागिरी हिमालमा विना अक्सिजन आरोहणसहित सबै १४ हिमालमा विना अक्सिजन आरोहण गरेको कीर्तिमानी समेत रहेको छ । आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ। त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ।



    myagdipress myagdipress    
  • २ भाद्र २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP