logo
  • ८ आश्विन २०८३, बिहीबार | Thu, 24 Sep 2026
  • सुजन छन्त्याल मृत्यु प्रकरणमा दुई जना नियन्त्रणमा, अनुसन्धान जारी

    • myagdipress myagdipress
    • ८ आश्विन २०८३ बिहीबार
    सुजन छन्त्याल मृत्यु प्रकरणमा दुई जना नियन्त्रणमा, अनुसन्धान जारी

    काठमाडौं । म्याग्दीका ३३ वर्षीय सुजन छन्त्यालको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

    धवलागिरी गाउँपालिका–५, मलम्पारका छन्त्याल काठमाडौंको टोखा नगरपालिका–९, गोंगबुमा अचेत अवस्थामा भेटिएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

    घटनास्थल आसपासको सिसिटिभी फुटेजमा देखिएका दुई युवालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले भने उनीहरूको परिचय तथा घटनामा संलग्नताको विषयमा हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन ।

    छन्त्यालको पोस्टमार्टमका क्रममा टाउकोमा रगत जमेको तथा सानो घाउसमेत देखिएको बताइएको छ । शरीरका अन्य भागमा भने उल्लेखनीय चोटपटक नदेखिएको जनाइएको छ । यही अवस्थाका कारण मृत्युको कारणबारे थप अनुसन्धान आवश्यक देखिएको आफन्तले बताएका छन् ।

    छन्त्याल आइतबार बिहान करिब ३ बजेपछि साथीहरूको सम्पर्कबाट बाहिरिएका थिए । उनी संघ कास्कीका अध्यक्षसमेत रहेको बताइएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले सिसिटिभि फुटेजलगायत अन्य प्रमाणका आधारमा अनुसन्धान गरिरहेको छ ।



    myagdipress myagdipress    
  • ८ आश्विन २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP