logo
  • ८ आश्विन २०८३, बिहीबार | Thu, 24 Sep 2026
  • म्याग्दीका पाँच पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

    • myagdipress myagdipress
    • ८ आश्विन २०८३ बिहीबार
    म्याग्दीका पाँच पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

    म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको बुधबार भएको पालिकास्तरीय अधिवेशनबाट रघुगंगा बाहेक पाँच पालिकामा सर्वसम्मतिले नयाँ नेतृत्व चयन भएको छ ।

    अधिवेशनबाट बेनी नगरपालिकाको नगर सभापतिमा चक्र केसी, मंगला गाउँपालिका गोपाल भट्टचन, मालिका गाउँपालिका राजु जुग्जाली, धवलागिरी गाउँपालिका प्रेमप्रसाद पुन र अन्नपूर्ण गाउँपालिका कृष्णप्रसाद बरुवाल निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले जानकारी दिनुभयो । रघुगंगा गाउँपालिकामा तीनजनाको उम्मेदवार परेकाले नेतृत्व चयन बाँकी रहेको छ ।

    नवनिर्वाचित पालिका सभापतिले आफ्नो क्षेत्रमा पार्टीलाई पहिलो संगठन बनाएर आगामी कार्यकालका लागि स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने प्रतिबद्धता जनाएका छन । १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत म्याग्दीका ४५ वडा अधिवेशन यस अघि नै सम्पन्न भईसकेको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।



    myagdipress myagdipress    
  • ८ आश्विन २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP