logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • धवलागिरीको बास्वोटमा पहिरो खस्योः सतर्कता अपनाउन आग्रह

    • myagdipress myagdipress
    • २५ असार २०८२ बुधबार
    धवलागिरीको बास्वोटमा पहिरो खस्योः सतर्कता अपनाउन आग्रह

    पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ४ बास्बोटमा बुधबार झरेको पहिरोले म्याग्दी नदीको बाहकमा सामान्य असर गरेपनि अहिले नदी पुरानै लयमा बगेको छ । बुधबार दिउँसो करिब साढे १२ बजे ठूलो पहिरो खसेको प्रत्यक्षदर्शी ओमराज मगरले जानकारी दिनुभयो । यो पहिलो विगत दुईसातादेखि ससानो झरिरहेको अवस्थामा बुधबार ठूलो पहिरो खस्दा म्याग्दी नदीमा असर गरेको थियो ।

    अहिले पहिरो रोकिएपनि चर्किएको भाग कुनैपनि अवस्थामा खस्न सक्ने भएकाले सर्तकता अपनाउन अनुरोध गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

    पहिरो आसपासका क्षेत्रमा बासोबास गर्ने, तटिय क्षेत्रका बासिन्दालाई गाउँपालिकाले सचेत हुन अनुरोध गरेको छ भने पहिरोका बारेमा मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा समेत सर्तकताका लागि समन्वय गरिएको अध्यक्ष पुनको भनाई छ ।
    तस्वीर सौजन्य ओमराज मगर



    myagdipress myagdipress    
  • २५ असार २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP