म्याग्दी, १८ भदौ । म्याग्दीको बेनीबजारबाट शनिबार राती हराएका दुई यूवा कालिगण्डकी नदीमा खसेको आशंकामा शसस्त्र प्रहरी बलको गोताखोर टोलीले मंगलबार दिउसो नदिमा डुवेर खोजी गरेको छ ।
रघुगंगा गाउँपालिका–२, भगवतीका कुमार रिजाल र बेनी नगरपालिका–६,जामुनाखर्कका हरि रिजाल म्याग्दी र कालिगण्डकी नदीमा र्निमित रिडरोडबाट कालीपुलतर्फ जादै गरेको अवस्थामा शनिवार राति साढे १० बजेदेखि सम्पर्क विहिन बनेका थिए ।
म्याग्दी जेसीज आसपासको क्षेत्रबाट कालीगण्डकी नदिमा उहाँहरु सवार मोटरसाईकल सहित खसेको हुन सक्ने आशंकामा नेपाल प्रहरी, शसस्त्र प्रहरी सहितको टोलीले खोजीकार्य गरेको हो ।
सिसीटिभी फुटेज र घटनास्थलको आशंका गरिएको स्थानमा बेपत्ता सुबेदीको जुत्ता र हेल्मेटको सिसा भेटिएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो । ‘विभिन्न उपाय अबलम्वन गरि खोजीकार्य गर्दा पनि नदीभित्र केही भेटिएन, तिब्र गतिमा रहेको नदीभित्र गोताखोरको टोलीले लामो समयसम्म खोजीकार्य गर्न कठिनाइ भयो’ प्रनाउ थापाले भन्नुभयो ।

बेनीको एक होटलमा खानपिन गरेपछि रिजालद्धय बालमन्दिर चोक हुदै रिङरोडबाट यात्रा गरेको देखिन्छ । शनिबार राती साढे १० बजे आसपासको समयमा म्याग्दी जेसीज नजिक पर्वतबेनीस्थित ग्रिल उद्योगबाट देखिएको सिसीटिभी फुटेजमा सडकबाट मोटरसाइकल अनियन्त्रित भएर नदीमा खसेजस्तो देखिन्छ भने कालिपुलस्थित पक्की पुलमा रहेको सिसी टिभीमा सोही समय आसपासमा रेकडमा देखिदैन् ।
बेपत्ता हुनुभएका कुमार शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारी र हरी बेनीको एक पसलमा लेखामा काम गर्नुहुन्छ । मोटरसाइकल दुर्घटना समयमा भीषण बर्षा भएको थियो ।
यसैविच म्याग्दीको बेनी नगरपालिका–१, थाङ्नेबगर स्थित कालिगण्डकी नदीमा मोटरसाइकलको ट्याङ्की भेटिएको छ । रिजालद्वउको खोजीकार्यमा जुटेका आफन्त र प्रहरीको टोलीले पल्सर १५० सिसी मोटरसाइकलको ट्याङ्की फेला पारेको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताउनुभयो ।
नदीमा मोटरसाइकलको ट्याङ्की भेटिएपछि ती युवाहरु सवार मोटरसाईकलको हो या होइन भनि पुष्टी गर्ने काम भइरहेको प्रनाउ थापाले बताउनुभयो ।

प्रतिक्रिया