logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • विद्यार्थीबाट विद्यालय सुधारको पहलः पठाए नगर प्रमुखलाई चिठी

    • myagdipress myagdipress
    • १८ जेष्ठ २०८२ आईतवार
    विद्यार्थीबाट विद्यालय सुधारको पहलः  पठाए नगर प्रमुखलाई चिठी

    म्याग्दी, जेठ १८ – म्याग्दी जिल्लाको बेनी नगरपालिका  अन्तरर्गत विभिन्न विद्यालयमा अध्ययन गर्ने  करिब २५ जना विद्यार्थीहरूले मैले चाहेको शिक्षा विषयमा विद्यालयको शैक्षिक सुधारका लागि नगर प्रमुख सुरत केसीलाई चिठी लेखेर पठाएका छन् ।

    विद्यार्थीहरूले विद्यालयमा पढाई निरन्तर चलिरहनुपर्ने, जान्ने भन्दा कमजोर विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर सिकाउनुपर्ने, दक्ष तथा अनुभवी शिक्षकहरुको व्यवस्था हुनुपर्ने, विद्यार्थीलाई शारिरीक तथा मानसिक यातना नदिने, कम्युटर कक्षा तथा प्रविधिको प्रयोग मार्फत अध्यापनको व्यवस्था हुनुपर्ने, शिक्षकहरुले कक्षा कोठामा मोवाईल प्रयोग गर्न नपाउने, शुद्ध पिउने पानी र फोहोर व्यवस्थापन हुनुपर्ने लगायतका समस्याहरू चिठीमार्फत् उजागर गरेका छन् । विद्यार्थीहरुले यी समस्याको समाधानका लागि सुधारात्मक कदम चाल्न नगर प्रमुखसँग आग्रह समेत गरेका छन ।

     

    “हामी राम्रो शिक्षा पाउन विद्यालय आएका हौं, सरकारी विद्यालयबाटै हामीले गुणस्तरीय शिक्षा पाउनुपर्दछ, विद्यालयका समस्याहरुलाई नगरपालिकाले सम्वोधन गरिदिनुपर्दछ, विद्यार्थीहरुले चिठीमा लेखेका छन ।  यस विषयमा प्रतिक्रिया दिँदै नगर प्रमुख सुरत केसीले भन्नुभयो “विद्यार्थी स्वयंले यति सजग भएर समस्या उठाउनु सकारात्मक कुरा हो । पालिकाले तुरुन्तै अध्ययन गरी शिक्षा सुधार योजना अघि बढाउनेछ ।”

    विद्यार्थीहरुले लेखेको चिठी शैक्षिक सुधारको आधारभूत तहको अध्ययन भएको भन्दै मेयर केसीले कलिला मस्तिष्कका यी भावनाहरुलाई गम्भिरताका साथ लिएको बताउनुभयो । नगरपालिकाका सवै विद्यालयको शैक्षिक अवस्थाको विषयमा विद्यार्थीहरुको विचार तथा भावना वुझ्छौँ, उहाँले भन्नुयभो ।

    विश्व शिक्षा सप्ताहको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान अन्तर्गत मिलन म्याग्दीले यो कार्यक्रम संचालन गरेको थियो । अभियानका संयोजक दिलु विटालुले दिएको जानकारी अनुसार रघुगंगा गाउँपालिका–३ अवस्थित रघुगंगा माविका ७५ जना विद्यार्थीहरुलाई पनि पालिका अध्यक्षलाई सम्वोधन गरेर विद्यालय शिक्षाको समस्या उजागर गर्न  मैले चाहेको शिक्षा विषयमा चिठी लेख्न लगाईएको थियो ।



    myagdipress myagdipress    
  • १८ जेष्ठ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP