logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

    • myagdipress myagdipress
    • ९ चैत्र २०८२ सोमबार
    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं.३ भकिम्लीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। आइतबार वडा कार्यालयमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२,८३ को दोस्रो चौमासिक अवधिसम्म सम्पन्न भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी गतिविधिहरूको समीक्षा गरिएको हो।

    कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दोस्रो चौमासिकसम्मको कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले चालु योजनाहरू, ठेक्का सम्झौता भइसकेर कार्यान्वयन हुन बाँकी रहेका योजनाहरू तथा ठेक्का प्रक्रियामा जान लागेका योजनाहरूको अवस्थाबारे जानकारी गराउनुभयो।

    सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयवासीहरूले कृषि, सडक पूर्वाधार, उत्पादनको बजार व्यवस्थापन, स्वास्थ्य तथा शिक्षासम्बन्धी विभिन्न समस्या र जिज्ञासा राखेका थिए। सहभागीले उठाएका प्रश्नहरूको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले जवाफ दिनुभएको थियो।

    कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ म्याग्दीका कृष्ण जिसी, प्रकाश पौडेल र बादल शाहीले गर्नुभएको थियो। कार्यक्रममा बेनी नगरपालिका वडा नं। १ देखि १० सम्मका नागरिकका प्रश्न, जिज्ञासा र सुझावहरू भिडियोमार्फत प्रस्तुत गरी छलफल गरिएको थियो।

    कार्यक्रममा नगरपालिकाका सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। नगर प्रमुख सुरत केसीको अध्यक्षता, वडा नं। ३ का अध्यक्ष पदम पुनको स्वागत मन्तव्य तथा प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।



    myagdipress myagdipress    
  • ९ चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP