म्याग्दी, १८ मंसिर । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा आयोजित पालिका स्तरीय छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बिमको किसानी माविले जितेको छ ।
बिहीबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण ,४ रजत र ५ कास्य पदक जित हात पारेको किसानीले नगद ५० हजार रुपियाँ सहित रनिङशिल्ड, ट्रफी ,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । यो सँगै किसानीले चौथोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पार्नसफल भएको छ ।
यसैगरी ९ स्वर्ण ,६ रजत र ६ कास्य पदक जितेको जनप्रिय मावि द्वितीय तथा तीन स्वर्ण ,एक रजत र ५ कास्य हात पार्दै तृतीयभएको राष्ट्रिय माविले क्रमशः ४० हजार ,३० हजार रुपियाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्न सफल भए ।

विजेता र उपविजेताहरुलाई गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन, वडा नम्बर २ का वडाअध्यक्ष उदय बुढाथोकी, कार्यपालिका सदस्यहरु दलबहादुर खड्काथोकी, छरदेवी जुग्जाली र प्रतीक्षा बिक, शिक्षा शाखा अधिकृत अशोक रिजालले पुरस्कार वितरण गर्नुभएको थियो ।
तीन दिन सम्म संचालित प्रतियोगितामा गाउँपालिका भित्रका दश विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रमको संचालन जनप्रीय माविका प्रधानाध्यापक दिवाकर सुवेदीले गर्नुभएको थियो ।

्र
प्रतिक्रिया