logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • मतदाताको घरदैलोमा पुग्दा निकै उत्साहजनक समर्थन पाएको छुः एमाले उम्मेदवार श्रेष्ठ

    • myagdipress myagdipress
    • १६ फाल्गुन २०८२ शनिबार
    मतदाताको घरदैलोमा पुग्दा निकै उत्साहजनक समर्थन पाएको छुः एमाले उम्मेदवार श्रेष्ठ

    म्याग्दी । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा नेकपा एमाले म्याग्दीले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएको छ । यसैक्रममा शुक्रबार बेनी नगरपालिका ६ नम्बर वडाको विभिन्न बस्तीमा पुगेर मतदाताहरुसमक्ष भोट मागिएको हो ।

    वडाभित्रका बस्तीका खानेपानी, सडक सहित विभिन्न समस्या समाधानका लागि एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले बिजय बनाउन मतदातालाई अनुरोध गर्नुभएको छ । देश बनाउने स्पष्ट भिजन र नीति नेकपा एमालेसँग मात्रै भएको बताउँदै उनीहरुले एमाले पार्टी र एमालेका उम्मेदवारलाई भोट दिएर जिताउनुको विकल्प नभएको उम्मेदवार श्रेष्ठको भनाई थियो ।

    प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार एमाले नेता श्रेष्ठले आफू तत्कालीन समयमा अर्थुङे गाविसको अध्यक्ष हुदाँ सडक सहित समुदायमा आधारित विभिन्न योजनामा सिमित स्रोतका बाबजुत पनि काम गरेको बताउनुभयो । ‘मैले जिम्मेबारी पाएको अवस्थामा काम गरेको छु, अव तपाईहरुको सहयोगमा प्रतिनिधिसभामा पुगेर कानुनसँगै थप समस्या समाधानका लागि बजेट ल्याउने छु’ उम्मेदवार श्रेष्ठले भन्नुभयो ।

    नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार श्रेष्ठले एमालेको नेतृत्वमा बनेको सरकारले ‘समृद्ध म्याग्दी, सुखी म्याग्देलीको अभियानसहित म्याग्दी जिल्लामा अपुरो र अधुरा रहेका कामहरुलाई पूरा गर्ने र म्याग्देली जनताले सम्झन लायक काम गरेर देखाउने बताउनुभयो ।

    म्याग्दीको अवस्थामा निर्वाचनमा उठेका उम्मेदवार तथा पार्टीले जिल्लाको विकास निर्माण र स्थानीयको हकहितका साथै परिवर्तन एवं रुपान्तरण गर्नेगरी कुन दलले कति काम गरे त्यसलाई अनुमान गरेर निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभएको थियो । चुनावी अभियानमा एमाले केन्द्रीय सदस्य एवं समानुपातिकतर्फका उम्मेदवार नरदेवी पुन, पूर्व केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य देवेन्द्रबहादुर केसी, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी लगायतको उपस्थिती रहेको थियो ।



    myagdipress myagdipress    
  • १६ फाल्गुन २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP