logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • मंगला माविका विद्यार्थी कृषि उत्पादनमा तल्लीन

    • myagdipress myagdipress
    • २४ बैशाख २०८३ बिहीबार
    मंगला माविका विद्यार्थी कृषि उत्पादनमा तल्लीन

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौरमा अवस्थित मंगला माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी अहिले नियमित खेतबारीमा भेटिन्छन् । विद्यालयमा प्राविधिक धार अन्तरगत बाली विज्ञान विषयमा पढाइ सुरू भएपछि विद्यार्थीले पाठ्यक्रमसँगै नर्सरी, टनेलभित्र काम गरिरहेको देखिन्छ ।

    कृषिपेशामा आवद्ध आमाबुबालाई समेत खेतीपातीमा सघाउन हिचकिचाउने विद्यार्थीले टनेलभित्र च्याउ फलाउने देखि ड्रागन फल, बेमौसमी तरकारी खेती गरी बिक्री समेत गर्न थालेका छन् । विहिबार मात्रै उनिहरुले उत्पादन गरेको ४० मुठा जिरीको साग बजारमा विक्री समेत गरेका छन ।

    विद्यालयमा च्याउ,तरकारी र ड्रागन खेतीमा सक्रिय छन्। घरमा खेती किसानी नगरेका विद्यार्थीले बालीविज्ञान पढ्न थालेपछि अहिले विद्यालयले भाडामा लिएको २ रोपनी जग्गामा ब्यवसायीक तरकारी खेती गरिएको छ ।

    विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर लगायतका कृषि उपजका बारेमा अभिभावकलाई समेत सिकाउने गरेका छन् । बाली विज्ञानले परम्परागत खेती गर्ने गाउँघरका अभिभावकलाई नयाँ प्रविधि प्रयोग गरेर आधुनिक खेती गर्न सिकाउन समेत सहज भएको छ ।

    बाली विज्ञान विषय पढ्ने विद्यार्थीले भविस्यमा कृषि क्षेत्रमै सक्रिय हुने योजना बनाएका छन् । कृषि उत्पादन र आम्दानीका बारेमा बुझेका अभिभावकले समेत विद्यार्थीलाई हौसला दिन थालेपछि आगामी शैक्षिक सत्रमा विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको छ ।

    विद्यार्थीले मौसम अनुकुलको उत्पादन गर्न सक्ने गरी बाली विज्ञान विषयका संयोजक करण कँडेलले प्रयोगात्मक अभ्यासलाई पाठ्यपुस्तक सरह समय विभाजन गरेपछि विद्यार्थीलाई सहज भएको बताउनुहुन्छ ।

    यस विद्यालयमा प्राविधिक धारतर्फ विसं २०७६ देखि कक्षा नौदेखि १२ सम्म बाली विज्ञान विषयको पढाइ हुँदै आएको छ । हाल ४४ जना विद्यार्थीले बालि विज्ञान विषय रोजेका छन् । बाली विज्ञान विषयकोका लागि छुट्टै प्रयोगशालासमेत विद्यालयले स्थापना गरेको छ ।

    माटो परीक्षण, बीउ उत्पादनलगायत विषय प्रयोगशालामा विद्यार्थीलाई सिकाउने गरिएको छ ।



    myagdipress myagdipress    
  • २४ बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP