logo
  • ५ असार २०८३, शुक्रबार | Fri, 19 Jun 2026
  • भिरबाट टेम्पो खसालिएको घटनाः १० वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ

    • myagdipress myagdipress
    • ३१ जेष्ठ २०८३ आईतवार
    भिरबाट टेम्पो खसालिएको घटनाः १० वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ

    कैलालीको गोदावरी नगरपालिका–४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले छ र इलाका प्रहरी कार्यालय मालाखेतीले चार जना गरी १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले वन कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।

    उनकाअनुसार गाईबाँधेमा महिलाले खुद्रा सामान बिक्री गर्न प्रयोग गर्दै आएको टेम्पो भिरबाट खसाल्ने कार्यमा संलग्न भएका कर्मचारीको पहिचान गर्ने काम भइरहेको छ ।

    भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार गाईबाँधेमा धनादेवी धामीले खुद्रा पसलका लागि प्रयोग गर्ने गरेको टेम्पो वन कर्मचारी र वन रक्षकले भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    डिभिजन वन कार्यालय धनगढीले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उक्त टेम्पो कवाड भइसकेको र छाप्रोका रूपमा प्रयोग गरेर सडक छेउमा राखिएको जनाएको छ ।

    विगतदेखि नै छाप्रो हटाउन भन्दा समेत आनाकानी गरेपछि शुक्रबार बल प्रयोग गरेर हटाइरहेको अवस्थामा भिरालो भूगोल र सन्तुलन नमिल्दा भिरबाट खसेको दाबी वन कार्यालयले गरेको थियो । onlinekhabar



    myagdipress myagdipress    
  • ३१ जेष्ठ २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP