logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • मोटरसाईकलको ठक्करबाट बालकको मृत्यू

    • myagdipress myagdipress
    • ७ भाद्र २०८२ शनिबार
    मोटरसाईकलको ठक्करबाट बालकको मृत्यू

    म्याग्दी, ७ भदौ । म्याग्दीको बेनी नगरपालिका –२, हाँडेभिरमा मोटरसाईकलको ठक्करबाट एक बालकको ज्यान गएको छ । शनिवार मध्यान्ह १२ बजेको समयमा बेनपा २ खवराबाट बेनी आउँदै गरेको ध २ प ६९६ नम्वरको मोटरसाईकलले ठक्कर दिदा बेनपा ३ डाँडाखानी घर भई हाल खवर बस्ने किसोर परियारको ५ वर्षिय छोरा केविन परियारको ज्यान गएको हो ।

    खवराकै विशन सापकोटा सवार मोटरसाईकलले ठक्कर दिई घाईते भएका केविनलाई उपचारका लागी तत्कालै प्रदेश अस्पताल वेनी लगिएको थियो । त्यहाँ सामान्य उपचार पश्चात थप उपचारका लागी पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा चिकित्सकले केविनलाई मृत घोषणा गरेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

    मोटरसाईकल चालक सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना कसरी घट्यो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरी निरिक्षक पौडेलको भनाई छ ।



    myagdipress myagdipress    
  • ७ भाद्र २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP