म्याग्दी प्रवासी नेपाली संघ मोना राष्ट्रिय कार्यकारी समिति जापानले तीज विशेष कार्यक्रम गरेको छ । जापानमा रहेका म्याग्देली दिदीवहिनीहरुलाई दर खुवाउने उद्देश्यले आयोजित कार्यक्रमको मोना जापानका सल्लाहकार तिलक मल्लले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मल्लले नेपाली संस्कृतिको संरक्षण गर्न मोना जापानले हरितालिका तीज विशेष कार्यक्रम गरेकोमा प्रशंसा गर्नुभयो ।
हामी जहाँ रहेपनि हाम्रा संस्कार संस्कृतिहरुलाई विर्सनु हुँदैन, सवै दिदीवहिनीहरुलाई भेला हुँदा तीज आएको आभास भयो, मल्लले भन्नुभयो ।
कार्यक्रममा मोना जापानका सल्लाहकार राम खड्का, निवर्तमान अध्यक्ष तथा सल्लाहकार विशाल केसी, उपाध्यक्ष रेखा केसी लगायतको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

करिव १५० जना दिदीवहिनीहरुको उपस्थिति रहेको कार्यक्रममा मनिषा खातीले तीज नृत्य, अविसरा पूर्जाले थाली नृत्य पस्तुत गर्नुभएको थियो भने लोक गायीका समिना खड्का लोहनीले पनि साँगीतिक प्रस्तुती राख्नुभएको त्यहाँबाट संचारकर्मी कमल बानियाँले जानकारी दिनुभयो ।
कार्यक्रम मोना जापानका नवनिर्वाचित अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष टिका छन्त्यालको स्वागत र महासचिव सुरेश पुनको संचालनमा सम्पन्न भएको थियो । मोना जापानले खेलकुद तथा कला संस्कृतिको विकास, पर्यटन प्रवर्धन, तथा जिल्लाका विपत्तीहरुमा सघाउँदै आएको छ ।
प्रतिक्रिया