logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • निवर्तमान गृहमन्त्री रमेश लेखकको घरअघि आगजनी

    • myagdipress myagdipress
    • २४ भाद्र २०८२ मंगलवार
    निवर्तमान गृहमन्त्री रमेश लेखकको घरअघि आगजनी

    निवर्तमान गृहमन्त्री रमेश लेखकको घरअगाडि प्रदर्शन र आगजनी भएको छ।

    मंगलबार प्रदर्शनकारीले घर अगाडि टायर बालेर नाराबाजी पनि गरेका छन्। घरभित्रको सामान झिकेर प्रदर्शनकारीले जलाएका हुन्।

    प्रहरीले दुई सेल अश्रुग्यास पनि प्रहार गरेको थियो।

    सोमबार जेनजीको प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भएको थियो। मृत्यु भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका थिए।

    १९ जनाको ज्यान गएको भन्दै मंगलबार बिहानैदखि प्रदर्शनकारीहरू नेताहरूको घरघरमा पुगेर तोडफोड गरिरहेका छन्।



    myagdipress myagdipress    
  • २४ भाद्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP