logo
  • २८ भाद्र २०८३, आईतवार | Sun, 13 Sep 2026
  • कुवेत र इराकमा रहेका नेपालीलाई कडा सर्कुलर

    • myagdipress myagdipress
    • २८ असार २०८३ आईतवार
    कुवेत र इराकमा रहेका नेपालीलाई कडा सर्कुलर

    काठमाडौँ । कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा रहेका नेपालीलाई पछिल्लो संवेदनशील परिस्थितिमा अपनाउनुपर्ने सुरक्षा सतर्कतासहितको कडा निर्देशन जारी गरेको छ ।

    आधिकारिक निकायबाट प्रेषित सूचना मात्र पालना गर्न र अफावको पछि नलाग्न राजदूतावासले सचेत गराएको हो । अपवाहपूर्ण सूचना सामग्रीहरू सामाजिक सञ्जालमा सेयर वा पोस्ट नगर्न तथा सरकारले प्रतिबन्ध लगाएका कार्यहरू नगर्न र नगराउन कडा निर्देशन दिइएको छ।

    कुवेत सरकारले प्रकाशित गरेको सूचनाको पूर्ण पालना गर्दै आकाशमा देखिने कुनै पनि हवाई आक्रमण, प्रतिरक्षका घटना र घटनास्थलको तस्बिर वा भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा साझा नगर्न विशेष रूपमा भनिएको छ ।

    साथै, कुनै पनि अपरिचित वा शङ्कास्पद वस्तु नजिक नजान र साइरन बजेको समयमा घर वा कार्यस्थल बाहिर भए नजिकको भवनमा आश्रय लिन तथा भवनभित्रै सुरक्षित बसी सिसा, झ्याल र बार्दलीको छेउछाउ नबस्न आग्रह गरिएको छ । कन्सुलर तथा अन्य सेवा लिनुपरेमा राजदूतावासमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।



    myagdipress myagdipress    
  • २८ असार २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP