logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • बेनीमा एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी तालिम सुरु

    • myagdipress myagdipress
    • २२ पुष २०८२ मंगलवार
    बेनीमा एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी तालिम सुरु

    म्याग्दी । म्याग्दीको बेनीमा एआई तथा मोबाईल पत्रकारिता सम्वन्धी दुईदिने तालिम सुरु भएको छ । गण्डकी प्रदेश सरकार प्रेस रजिष्ट्रार कार्यालयको सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनमा सञ्चालित तालिमको उद्घाटन गर्दै प्रेस रजिष्ट्रार बिमला भण्डारीले आम सञ्चार माध्यमबाट छिटो, छरितो र गुणस्तरीय समाचार प्रकाशन तथा प्रसारणका लागि एआईको उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले एआईका टुल्सहरुले समाचार लेखन, तस्बिरको प्रयोग र भिडियो निर्माणमा सहयोग पुग्ने बताउँदै समयसापेक्ष रुपमा अब हरेक पत्रकारले आफुलाई एआई टुल्स र मोवाइल पत्रकारितामा समेत अभ्यस्त गराउनुपर्ने बताउनुभयो ।

    एआईले दिने संचार सामाग्रीमा गुणस्तर कायम गर्न र प्रविधिबाट हुने जोखिम न्यूनिकरण गर्न पत्रकारहरु स्वयम चनाखो बन्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापाले एआई प्रविधिको विकासले हरेक क्षेत्रमा छिटो, छरितो र आकर्षक नतिजा ल्याउन भुमिका खेल्ने गरेको बताउँदै पत्रकारितामा समेत एआईको प्रयोग बढ्न थालेको बताउनुभयो ।

    कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले एआई र मोवाईल पत्रकारिताले जिल्लाको पर्यटन प्रवद्र्धन, आम सञ्चारको स्ततरीकरण र समयसापेक्ष सञ्चार सामाग्रीको उत्पादनमा सहयोग पुग्नेमा जोड दिनुभयो । तालिममा अनलाइन टिभि पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले मिडियामा एआईको प्रयोग, उपयोगीता र अपनाउनुपर्ने साबधानी र मोवाईल पत्रकारिता सम्वन्धी प्रशिक्षण दिनुभएको छ ।

    महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सचिब ठाकुर प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा ३५ जनाको सहभागिता रहेको छ ।



    myagdipress myagdipress    
  • २२ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP