logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ खटिन थाले कर्मचारी

    • myagdipress myagdipress
    • १७ फाल्गुन २०८२ आईतवार
    निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ खटिन थाले कर्मचारी

    म्याग्दी । म्याग्दीमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान अधिकृत सहितका कर्मचारीहरु मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन ।
    जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतपत्र बाहेक मतपेटिकालगायत ५२ प्रकारका निर्वाचन सामग्रीसहित निर्वाचन टोली मतदान केन्द्रमा जान थालेको जनाएको छ । जिल्ला निर्वाचन अधिकारी बिलमप्रसाद गौतमले साम्रागी लिएर मतदान अधिकृत सहित सम्पूर्ण कर्मचारी फागुन १८ गतेसम्म मतदान केन्द्रमा पुगिसक्ने बताउनुभयो ।

    जिल्लाका ६ वटै स्थानीय तहमा रहेका मतदान केन्द्रलाई आवश्यक निर्वाचन साम्रागी हस्तान्तरण भइरहेको निर्वाचन अधिकारी गौतमले बताउनुभयो । ‘मतपत्रबाहेक सबै सामान हस्तान्तरण गरिएको छ, मतदानस्थलमा पुगेपछि गर्नुपर्ने कामहरुका बारेमा समेत जानकारी गराइएको छ’ निर्वाचन अधिकारी गौतमले भन्नुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तीपत्र वितरण भइसकेको छ ।

    म्याग्दीमा ८२ वटा मतदानस्थलमा एक सय २० मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुका लागि कारागारमा एउटा र कर्मचारीहरुका लागि कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान स्थल कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गीकरण गरेको छ ।

    म्याग्दीमा कुल ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् । निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी तथा स्वयंसेवक गरी कुल १ हजार ७४ जना कर्मचारी परिचालन गरिनेछ । यसबाहेक सुरक्षाकर्मी र अनुगमनकर्ताहरू पनि खटिनेछन् । निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक समन्वय भइरहेको छ ।



    myagdipress myagdipress    
  • १७ फाल्गुन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP