logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठको पोखराका मतदातासँग भेटघाट

    • myagdipress myagdipress
    • १८ माघ २०८२ आईतवार
    एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठको पोखराका मतदातासँग भेटघाट

    म्याग्दी । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठले शनिबार पोखरामा रहेका मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ । म्याग्दीबाट पोखरामा आएर पेसा, ब्यवसाय लगायत विभिन्न क्षेत्रमा आवद्ध रहनुभएकाहरुलाई लक्षित गरी आयोजित नेकपा एमाले म्याग्दी–पोखरा सम्पर्क कमिटीको आयोजनामा भएको उक्त भेलाले चुनावलाई लक्षित गर्दै प्रचार–प्रसारलाई थप व्यवस्थित प्रभावकारी बनाउने निर्णय गरेको छ ।

    भेलालाई सम्बोधन गर्दै म्याग्दीबाट प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवार हरिकृष्ण श्रेष्ठले म्याग्दीको अधुरा विकास योजनाहरू पूरा गर्न र जिल्लाको आर्थिक समृद्धिका लागि सूर्य चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“हामी केवल आश्वासन होइन, काम गरेर देखाउने संकल्पका साथ मैदानमा छौँ । म्याग्देली जनताको सुख–दुःखमा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु।’’

    त्यसैगरी, समानुपातिकतर्फकी उम्मेदवार नरदेवी पुनले पार्टीको नीति र योजना नै देश विकासको मेरुदण्ड भएको बताउनुभयो । उहाँले महिला, बालबालिका र पिछडिएका वर्गको उत्थानका लागि एमालेको जित अनिवार्य रहेको उल्लेख गर्दै सम्पूर्ण म्याग्देलीहरूलाई एकताबद्ध हुन आह्वान गर्नुभयो । कार्यक्रम नेकपा एमाले म्याग्दी–पोखरा सम्पर्क कमिटीका अध्यक्ष रेशम छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कार्यक्रमकी प्रमुख अतिथि,नेकपा एमालेकी केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज थममाया थापाले वर्तमान राजनीतिक परिस्थितिमा एमालेको सुदृढ उपस्थिति आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जिल्लाको चुनावी तयारीबारे प्रकाश पार्दै कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ गाउँ–गाउँमा खट्न निर्देशन दिनुभयो । निर्वाचन नजिकिँदै गर्दा एमालेले जिल्लाभित्र घरदैलो अभियान तथा जिल्ला बाहिर रहेका मतदातासँग समेत भेटघाट सहितका कार्यहरु सञ्चालन गरिरहेको छ ।



    myagdipress myagdipress    
  • १८ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP