logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • बेनीमा बजार अनुगमन, म्याद नाघेका वस्तु जफत

    • myagdipress myagdipress
    • २७ माघ २०८२ मंगलवार
    बेनीमा बजार अनुगमन, म्याद नाघेका वस्तु जफत

    बेनी, २७ माघ । बेनीका खाद्यान्न पसलहरुको मंगलबार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिरेन्द्रचोक आसपासका क्षेत्रका १० वटा किराना तथा खाद्यान्न पसलहरुको अनुगमन गरिएको हो । जिल्ला प्रहरी, एकिकृत सेवा कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ र पत्रकार महासंघको टोलीले अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा म्याद नाघेका रु। दुई हजार पाँच सय मूल्य बराबरको बस्तु जफत गरि नष्ट गर्न लगाएको टोलीले जनाएको छ । दर्ता गरेर मात्र ब्यवसाय सञ्चालन गर्न, मूल्य सूचिलाई अद्यावधिक गरेर देखिने ठाउँमा राख्न, म्याद नाघेका बस्तुलाई छुट्टै ठाउँमा राख्न र तत्कालै फिर्ता पठाउन निर्देशन दिएको छ ।

     



    myagdipress myagdipress    
  • २७ माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP