logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • रमेश रोकाको नयाँ लोक दोहोरी गीत “स्वर्ग” सार्वजनिक, श्रोताको माया वटुल्दै

    • myagdipress myagdipress
    • ३ जेष्ठ २०८२ शनिबार
    रमेश रोकाको नयाँ लोक दोहोरी गीत “स्वर्ग” सार्वजनिक, श्रोताको माया वटुल्दै

    म्याग्दी । म्याग्दी घर भई हाल अष्ट्रेलियामा वस्दै आउनुभएका सर्जक रमेश रोकाको नयाँ लोक दोहोरी गीत “स्वर्ग” सार्वजनिक भएको छ ।
    यस गीतमा शान्ति श्री परियार र दीपक कुँवरको स्वर रहेको छ । गीतका शब्द रमेश रोकाले लेख्नुभएको हो भने संगीत दीपक कुँवरको रहेको छ ।

    गीतको भिडियोमा सरिता दानकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको छ । छायांकन हरी ढकालले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका छन् ।

    उक्त भिडियोमा दिपेश रोका र सरिता दानकोटीको अभिनय देख्न सकिन्छ । गीत “स्वर्ग”लाई रमेश रोकाको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

    नेपाली लोक संगीत प्रतिको माया र झुकावले गर्दा विदेशमा रहेर पनि गीत संगीतलाई आत्मसाथ गर्दै अगाडी वढेको सर्जक रोकाले बताउनुभयो । गीतले टिकटक तथा युटुव तिर श्रोता दर्शकको माया पाउदै गएको छ ।



    myagdipress myagdipress    
  • ३ जेष्ठ २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP