logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • बेनीमा अरुणा शाहीको प्रतिमा बनाईने

    • myagdipress myagdipress
    • ३० श्रावण २०८२ शुक्रबार
    बेनीमा अरुणा शाहीको प्रतिमा बनाईने

    म्याग्दी, ३० साउन । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानार्थ गृहजिल्ला म्याग्दीमा प्रतिमा निर्माण गरिने भएको छ । जिल्ला खेलकुद विकास समितिले शाहीको सम्मानमा उद्यान सहितको प्रतिमा बनाउने भएको हो ।

    भलिबल खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल हुनुभएकी म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मिनुभएकी शाहीले राष्ट्रिय महिला भलिबल टिमको कप्तानी सम्हालेपछि नेपालले अन्तराष्ट्रि«यस्तरमा उपाधि जित्न सफल भएको थियो ।

    भलिबल खेलमा नेपाललाई दक्षिण एशियाली देशका बलियो स्थानमा पु¥याउन सफल हुनुभएकी राष्ट्रिय खेलाडी शाहीको सम्मानमा खेलकुद विकास समितिको जग्गा वा अन्य उपयुक्त स्थानमा प्रतिमा बनाउन लागिएको समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

    ‘उहाँ राष्ट्रको गहना हो, नेपाली महिला भलिबललाई यो स्थानमा ल्याउनुमा अतुलनीय योगदान छ’ अध्यक्ष श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय रहेको बेनी नगरपालिका–८, कालिपुल क्षेत्रमा स्तम्भ बनाउन आवश्यक डिपिआर समेत बनाउने र जग्गाको उपलब्धता भएमा उद्यान नै बनाएर खेलप्रेमीहरुलाई आर्कषित गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

    सन् २०१३ मा काठमाडौंमा सम्पन्न भएको माल्दिभ्स विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यु गर्नुभएकी शाहीले राष्ट्रि«य टिमको नेतृत्व गरेपछि एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत पदक, काभा वुमन्स भलिबल च्यालेन्ज कपमा कांस्य पदक, काभा वुमन्स नेसन्स लिगमा नेपालले इतिहासमै पहिलो पटक भारतलाई जितेको थियो ।

    डेढ दशकदेखि भलिबल खेल्दै आउनुभएकी शाहीले नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्ड सहित विभिन्न चर्चित अवार्डहरु जित्नुभएको छ । यसैबीच अरुणाको सम्मानमा बनाइने स्तम्भमा स्वदेश तथा विदेशमा रहेका संघसंस्था र खेलप्रेमीहरुको सहयोग समेत लिने योजना रहेको समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले बताउनुभयो ।

     

     



    myagdipress myagdipress    
  • ३० श्रावण २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP