फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभएको छ । शनिवार बिहान जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सार्वजनिक गरिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभएको छ ।
उहाँले २२ हजार ८ सय ५० मत प्राप्त गर्नुभएको हो । प्रतिनिधि सभा सदस्यमा विजयी पुनलाई शनिवार विहानै निर्वाचित प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
यसपटकको निर्वाचनमा एकजना स्वतन्त्रसहित १२ जना उम्मेदवारहरु म्याग्दीको चुनावी मैदानमा रहेका थिए । अहिलेको निर्वाचनमा जिल्लाभर कुल ८६ हजार ३ सय ९७ जना मतदाता रहेकोमा यसपटक जम्मा ४६ हजार २ सय १५ अर्थात् ५३ दशमलव ०५ प्रतिशत मात्रै मत खसेको थियो
प्रतिक्रिया