logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • शेखर समूहले सदस्यता अद्यावधिक नमान्ने

    • myagdipress myagdipress
    • १७ बैशाख २०८३ बिहीबार
    शेखर समूहले सदस्यता अद्यावधिक नमान्ने

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बागमती प्रदेशस्तरीय छलफल गरेका छन्। बालुवाटारस्थित ओपेरा होटेलमा भएको छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कोइराला निकट नेताहरू सहभागी थिए ।

    देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको कोइराला सचिवालयले जनाएको छ । छलफलमा सहभागीहरूले पन्ध्रौँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भैसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान राखेका थिए ।

    नेताहरूले भने, ‘अहिले आएर सदस्यता अद्यावधिक व्यवहारिक छैन । विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन सकेको छैन। एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापति गगन थापाकै हो ।’



    myagdipress myagdipress    
  • १७ बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP