काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।
रास्वपा सरकारलाई काम गर्न सहज होस् भनेर उपकुलपति प्रा।डा दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिष्टार केदार प्रसाद रिजालले राजीनामा दिएका छन् ।
आफूहरू कक्षाकोठामा रमाउने प्राध्यापक भएकाले नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएको शिक्षाध्यक्ष केसीले बताए । हालै सिफारिस भएको अध्यादेशमा पनि पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको र सत्तारुढ दलका कतिपय नेताको पनि त्यस्तै आशय देखिएपछि पदाधिकारीले बिहीबार प्रधानमन्त्री तथा कुलपति वालेन्द्र शाहलाई राजीनामा पठाएका हुन् ।
केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त भएका थिए भने अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त भएका थिए ।
प्रतिक्रिया