logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • मिसन युएसए एजुकेशन कन्सल्टेन्सीको पोखरामा शाखा विस्तार

    • myagdipress myagdipress
    • १० असार २०८३ बुधबार
    मिसन युएसए एजुकेशन कन्सल्टेन्सीको पोखरामा शाखा विस्तार

    पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।

    पोखराको महेन्द्रपुलमा आज एक विशेष कार्यक्रमका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले नयाँ शाखाको औपचारिक उद्घाटन गर्नुभयो। सो अवसरमा बोल्दै कार्कीले पोखरामा गुणस्तरीय शैक्षिक परामर्शको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

    पोखरामा शैक्षिक परामर्श केन्द्रहरूको संख्या बढ्दै गएको बताउदै अध्यक्ष कार्कीले नयाँ शाखाको रुपमा आएको मिसन युएसएले विद्यार्थीहरूलाई सही र विश्वसनीय मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    विगत १८ वर्षदेखि वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गर्दै आएको यस कन्सल्टेन्सीको यसअघि काठमाडौँ, बिर्तामोड र चितवनमा शाखाहरू सञ्चालनमा छन् ।

    शाखा विस्तारका लागि राम्रो टिमको खोजीमा रहेको बताउदै नेपालको पश्चिम क्षेत्रमा पनि शाखा विस्तारको योजना रहेको मिसन युएसएका संस्थापक निर्देशक सञ्जय घिमिरेले बताउनुभयो ।

    पोखरा शाखाको नेतृत्व भने म्याग्दीका विकास विश्वकर्माले गर्नुभएको छ । उच्च शिक्षा हासिल गर्न विदेश जान इच्छुक विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श र उत्कृष्ट सेवा दिने उद्देश्यले पोखरामा शाखा सञ्चालनमा ल्याइएको पोखरा शाखा प्रमुख विश्वकर्माले बताउनुभयो ।

    म्याग्दीको बेनी नगरपालिका –६ जामुनाखर्कका विश्वकर्मा लामो समयको वैदेशिक रोजगार पश्चात नेपाल फर्किएर केन्सल्टेन्सीमा आवद्द हुनुभएको हो । विदेश जानु अघि उहाँ बेनीको एक निजी विद्यालयमा शिक्षण पेशामा कार्यरत हुनुहुन्थ्यो ।

    विद्यार्थीहरुको सुन्दर भविष्य निर्माणमा कन्सल्टेन्सीले निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाउँदै विश्वकर्माले अध्ययनका लागि विदेश जान इच्छुक विद्यार्थीहरुलाई सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ ।



    myagdipress myagdipress    
  • १० असार २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP