logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • रत्नेचौरमा सवारी चालकहरुको स्वास्थ्य जाँच तथा लागुऔसध सेवन परिक्षण

    • myagdipress myagdipress
    • ११ असार २०८३ बिहीबार
    रत्नेचौरमा सवारी चालकहरुको स्वास्थ्य जाँच तथा लागुऔसध सेवन परिक्षण

    म्याग्दी । सवारी दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित यात्रालाई प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले संयुक्त रूपमा चालकहरूको स्वास्थ्य परीक्षण तथा लागूऔषध सेवन (ला.प.से.) परीक्षण कार्यक्रम सञ्चालन गरेका छन् ।

    लागूऔषध दुव्र्यसनविरुद्धको सप्ताहव्यापी अभियानअन्तर्गत रत्नेचौर स्वास्थ्य चौकीसँगको समन्वय तथा सहकार्यमा बेनी नगरपालिका–१ रत्नेचौरस्थित बेनी–बागलुङ सडकखण्डमा सञ्चालन भएका सवारीसाधनका चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।

    कार्यक्रमका क्रममा १६ जना चालकको स्वास्थ्य परीक्षण गरिएको थियो । साथै, शंकास्पद ३ जना चालकमा लागूऔषध सेवन परीक्षण (ड्रग टेस्ट) गरिएकोमा १ जना चालकमा लागूऔषध सेवन गरेको पुष्टि भएपछि प्रचलित कानुनबमोजिम कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख विशाल परियारले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुर्घटना न्यूनीकरणका लागि चालकको शारीरिक तथा मानसिक अवस्था स्वस्थ हुनु अत्यन्त आवश्यक भएकाले यस्ता परीक्षण र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ । चालकलाई लागूऔषध सेवन गरी सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सुरक्षित यात्रामा सहयोग पु¥याउन आग्रह समेत गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सप्ताहव्यापी अभियानअन्तर्गत ट्राफिक सचेतना, लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभिवृद्धि तथा सुरक्षित सवारी सञ्चालनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।



    myagdipress myagdipress    
  • ११ असार २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP