logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • बेनीको दोभानमा मैत्रीपूर्ण बीच भलिबल

    • myagdipress myagdipress
    • १६ असार २०८३ मंगलवार
    बेनीको दोभानमा मैत्रीपूर्ण बीच भलिबल

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित म्याग्दी र कालिगण्डकी नदीको दोभानमा बनेको बगरमा पहिलो पटक मैत्रीपूर्ण ‘बिच भलिबल’ प्रतियोगिता आयोजना गरिएको छ ।

    कालिगण्डकीको बगरमा हरेक बर्ष प्रतियोगिताको सम्भाब्यता अध्ययन गर्ने उदेश्यले वडा नं ७ को आयोजना, जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोगमा सञ्चालित खेलमा १२ टिमको सहभागि थिए । बेनीका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीबिच गरिएको खेललाई आगामी दिनमा प्रतियोगिताको रुपमा सञ्चालन गर्ने वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

    ‘बिच भलिबलको पहिलो अभ्यास हो, हरेक बर्ष मैदान बनाउन सामान्य खर्च हुन्छ,हामीले अन्य आवश्यक पोलसहितका उपकरण ब्यवस्थापन गरिसकेका छौ’ वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, सचिव कुमार किसानले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।

    नेपाललाई बिच भलिबलमा अन्तराष्ट्रिय उपाधि जिताउने म्याग्देली चेली विभागीय टोली नृेपाल प्रहरीको कप्तान समेत रहनुभएकी कमला पुनसहितको उपस्थितिमा प्रतियोगिताका लागि समेत वडा कार्यालयले आगामी आवलाई समेत बजेट प्रस्ताव गरेको छ । म्याग्दीमा बिच भलिबलका खेलाडी उत्पादन र खेलकुदको विकास मद्दत पुग्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठको भनाई छ । म्याग्दीमा विद्यालय तथा खुल्ला बिच भलिबल प्रतियोगितामार्फत खेल पर्यटन प्रर्वधनमा समेत जोड दिइएको छ ।



    myagdipress myagdipress    
  • १६ असार २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP