logo
  • ९ बैशाख २०८३, बुधबार | Wed, 22 Apr 2026
  • दानामा बजार अनुगमन, म्याद सकिएका सामान नष्ट

    • myagdipress myagdipress
    • ३ भाद्र २०८२ मंगलवार
    दानामा बजार अनुगमन, म्याद सकिएका सामान नष्ट

    म्याग्दी, ३ भदौ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३, दानामा संचालनमा रहेका होटल तथा पसलहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा सोमबार दाना बजारमा सञ्चालित सात वटा होटल र नौ वटा किराना तथा खुद्रा पसलहरुको अनुगन गरिएको थियो ।

    अनुगमनका क्रममा भेटिएका म्याद सकिएका सामान जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । अनुगमनमा एउटा नामको पसल दर्ता गरेर अन्य प्रकृतिको सामानहरु बिक्री वितरण गरेको, होटलमा सरसफाइको कमी भएको, मूल्यसुची नटाँसेको, लेबल नराखेका सामानहरु बिक्री गरेको, प्याकेजिङ गरी सामान बेचेको, साईनबोर्ड नराखेको जस्ता कमीकमजोरीहरु भेटिएका छन् ।

    पसल सञ्चालक तथा प्रोप्राइटरलाई अनुगमनको क्रममा भेटिएका सबै कमजोरीहरु सुधार गर्न समेत निर्देशन दिइएको छ । भने म्याद सकिएका चिसो पेयपदार्थ, मिठाई, बत्ती बाल्ने तेल, भुजा, कुरकुरे, आटालगायत दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु जफत गरी नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कार्यालय प्रमुख अमृत प्रसाद कँडेलले बताउनुभयो । उहाँका अनुसार आठ हजार ७ सय रुपैयाँ मुल्य बराबरको म्याद सकिएका दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु जफत गरी नष्ट गरिएको छ ।

    अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख अमृतप्रसाद कँडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका कार्यालय प्रमुख प्रेम अर्याल, प्रहरी लगायतको सहभागिता रहेको थियो ।



    myagdipress myagdipress    
  • ३ भाद्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP