logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • मोना यूएईको नयाँ नेतृत्व चयनः अध्यक्षमा काजीमान बुढाथोकी

    • myagdipress myagdipress
    • ३१ असार २०८२ मंगलवार
    मोना यूएईको नयाँ नेतृत्व चयनः अध्यक्षमा काजीमान बुढाथोकी

    म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति युएईको (२०२५–२७) अध्यक्षमा काजीमाना बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ । वर दुवैस्थित रक नमस्ते अस्तेरिया होटलमा भएको पाँचौ साधारणसभा तथा अधिवेशनबाट २०२५देखि २०२७ सम्मको कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।

    नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा नविन खत्री (किरन ), उपाध्यक्षहरुमा वेकप्रसाद पुन, वेल फगामी, रामचन्द्र गिरि, होम क्षेत्री र यामकुमारी रोका रहेका छन् । त्यस्तै महासचिवमा नर छन्त्याल, सचिवमा रमेश भण्डारी, कुशल पौडेल, कोषाध्यक्षमा कुमार केसी र सहकोषाध्यक्षमा मुना श्रीपाली सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक एवम् संस्थाका सल्लाहकार प्रदिप सुवेदी जानकारी दिनुभयो ।

    समितिको सदस्यहरुमा मन कुमाई, केशव पुन, कर्णबहादुर वि.क. (विकास), लोकेन केसी, लालकुमार घिमिरे, जानक गर्वुजा, सुर्य पुरी, हिमाल सुवेदी, नविन खत्री रहेका छन् । निर्वाचित कार्यसमितिलाई सल्लाहकार प्रदिप सुवेदी, नन्द पुन, प्रकाश कार्कीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    मोनाको अधिवेशनमा उपस्थित अतिथि र म्याग्देलीलाई गायीका विमला श्रीषमगर र विकास विश्वकर्मा लगायत कलाकारले सांगीतिक प्रस्तुतीबाट मनोरञ्जन दिएका थिए ।

    मोना यूएईको निर्वतमान अध्यक्ष सुवास राम्जालीले २०१६ मा स्थापना भएको संस्थाले म्याग्देलीहरुको आपतविपतमा आर्थिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराउँदै संस्थालाई बलियो बनाउन यूएईमा रहेका सबै म्याग्देलीहरु संस्थामा आवद्ध हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि मोनाका संरक्षक प्रकाश पुन लगायतले मन्तव्य राख्नुभएको थियो



    myagdipress myagdipress    
  • ३१ असार २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP