logo
  • १० श्रावण २०८३, आईतवार | Sun, 26 Jul 2026
  • स्वर्गीय छोराको स्मृतिमा भलिबल कभर्डहल निर्माण जग्गा खरिदका लागि ३ लाख सहयोग

    • myagdipress myagdipress
    • ४ चैत्र २०८२ बुधबार
    स्वर्गीय छोराको स्मृतिमा भलिबल कभर्डहल निर्माण जग्गा खरिदका लागि ३ लाख सहयोग

    म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल निर्माण लागि एक परिवारले स्वर्गीय छोराको स्मृतिमा तीन लाख सहयोग गर्नुभएको छ ।

    भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि सञ्चालन गरेको अभियानमा स्वर्गीय डेनिस छन्त्यालका बुबाआमा हिराप्रसाद एलिजा छन्त्याल र बहिनी सोनी छन्त्यालले ३ लाख सहयोग गर्नुभएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

    जिल्लाको रघुगंगा गाउँपालिका–८, मंगलेखानी घरभई हाल पोखरामा वस्दै आउनुभएका छन्त्याल परिवारले स्वर्गीय छोराको खेलप्रतिको रुचीलाई देखेर भलिबलको कभर्डहल बनाउन सहयोग गर्नुभएको अध्यक्ष बानियाँले बताउनुभयो ।

    प्राप्त सहयोगले कर्भडहलका लागि जग्गा खरिद गर्न संचालित आर्थिक संकलन अभियानमा धेरै सहजता मिलेको बताउँदै स्वदेश तथा विदेशमा रहेका म्याग्देली तथा भलिबल प्रेमीलाई अभियानमा साथ दिन संघका अध्यक्ष बानियाँले अनुरोध गर्नुभएको छ ।

    बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ ।

    राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, कमला पुन सहित राष्ट्रिय तथा क्षेत्रीयस्तरा खेलाडी उत्पादन गरेको म्याग्दीमा खेलाडी उत्पादन तथ प्रतियोगिताहरू खुल्ला आकाशमा हुने गरेकोमा अब कभर्डहलमा गर्ने अभियानमा विश्वभर रहेका म्याग्देलीसँग जोडिने संघका महासचिव कुमार किसानको भनाई छ ।

    कभर्डहलमा एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ । कभर्डहल बनाउन चार वर्षमा कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।



    myagdipress myagdipress    
  • ४ चैत्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP