म्याग्दी । सङ्घीय सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ’खम्बीरझले गृह जिल्ला म्याग्दीको बेनी नगरपालिका–१०,स्थित बान्द्रेखाल्टी र पाखा पहिरोको स्थलगत निरीक्षण गर्नुभएको छ । शनिबार राज्यमन्त्री गर्बुजाले निरीक्षण गर्नुभएको हो ।
निरीक्षणमा स्थानीय तहका जनप्रतिनिधि, कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी ,कांग्रेस प्रदेशसभा क्षेत्र (क) का सभापति ओम छन्त्याल ,रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, बेनपा –१० का वडा अध्यक्ष मस्विर रोका र सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीका प्राविधिक टोली सहभागी थिए ।
वडा अध्यक्ष रोका, बेनी नगरकार्यपालिका सदस्य निर्मला मल्ल लगायतले राज्यमन्त्री गर्बुजालाई पहिरोले पुर्याएको क्षतिबारे जानकारी गराउनुभएको थियो । विक्रम संवत् २०६९ सालदेखि गाउँको पुछारबाट पहिरो जान थालेपछि सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ । भिरालो अनि कमजोर भूगोलको कारण पहिरो जाने क्रम रोकिएको छैन ।
धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश बस्ती पहिरोको जोखिममा परेका छन् । पहिरोले सात सय रोपनी बढी खेतीयोग्य जमिन बगाएको र आठ हेक्टर बढी वन क्षेत्र सखाप पारेको स्थानीयवासी केदार सुवेदीले जानकारी दिनुभयो ।

बान्द्रेखाल्टी र पाखा पहिरोपहिरोको कारण हरि गर्बुजा ,खम्बी गर्बुजा ,यामबहादुर राम्जाली र लालबहादुर हमाल विस्थापित हुनुभएको बेनी नगरपालिका कार्यपालिका सदस्य समेत रहनुभएकी स्थानीय निर्मला मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त पहिरो गोकुल शर्मा ,केदार सुवेदी ,नरबहादुर मल्ल ,जागेश्वर रिजाल ,धनबहादुर मल्ल ,अर्जुन पराजुली ,मनबहादुर रावत, टीका गिरी र कमल मल्लको घर उच्च जोखिममा परेका छन् । बान्द्रेखाल्टी पहिरोले ३५ घरधुरी जोखिममा परेका छन् । भने पाखा पहिरोबाट २८ घरधुरी बढी जोखिममा परेका छन् ।
वि.सं २०७२ मा गएको भूकम्पको कारण पहिरो नियन्त्रण बाहिर गएको स्थानीयवासी सुवेदीले बताउनुभयो । भूकम्पपछि जङ्गलको बीचबाट पहिरो तल रघुगंगा नदिनको किनार र माथि बस्तीसम्म नै पुगेको छ । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ । अहिले यहाँका करिब तीस जना बढी स्थानीयको सयौँ रोपनी खेतीयोग्य समिन पूरै पहिरोले बगाएको छ ।
रोकथामको लागि वडाबाट ग्यावियन पर्खाल निर्माण गरिए पनि गत महिनाको पहिरोले बगाएको छ । यसअघि पनि विभिन्न निकायबाट रोकथामका लागि काम भएनी सफल हुन सकेन । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ ।
खेतबारी हुँदै बस्तीसम्म पहिरो आइपुगेर दर्जनौँ घरलाई चिराचिरा पारेको छ । घर, आँगनसमेत चर्किएर जोखिम बढे पनि स्थानीयवासी जोखिम मोलेरै बस्न बाध्य भएका छन् । पहिरो निरीक्षण पछि राज्यमन्त्री गर्बुजाले दीर्घकालीन रोकथामका लागी पक्की पर्खाल सहितको पुर्वाधार संरचना निर्माण गर्न बजेट व्यवस्थापनको लागि पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया