म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको बौद्ध युवा क्लबको अध्यक्षमा दुर्गा बुढा मगर चयन हुनुभएको छ । क्लबको शुक्रवार बेनीमा सम्पन्न छैटौँ अधिवेशनबाट सामाजिक क्षेत्रमा सक्रिय युवा बुढा मगरको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शिव शेरचन, सचिबमा श्याम सुन्दर कँडेल, कोषाध्यक्षमा कमल घर्ति मगर र सहसचिबमा लक्ष्मी पुन चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा नारायण केसी, राजिप थापा, विकास कुँवर, प्रेम राना, सागर थापा, जीवन केसी, अनुपम श्रेष्ठ, लछुमन थापा लगायत रहनुभएको छ । क्लबका अध्यक्ष बिजय किसानको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिका–७ का वडा सदस्य रमेश फगामीले बौद्ध युवा क्लबले खेलकुद तथा कला संस्कृति विकास, सामाजिक सेवाका गतिविधिलाई सक्रियताका साथ संचालन गरिरहेको प्रति प्रशंसा गर्नुभयो । उहाँले युवाहरुलाई खेलकुद र अन्य सामाजिक कार्यहरुमा लाग्न प्रोत्साहन गर्न क्लवको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा क्लबका सल्लाहकार किरन तुलाचनले खेलकुद मार्फत युवाहरु समाज रुपान्तरणको अभियानमा लाग्न प्रेरणा मिल्ने उल्लेख गर्नुभयो । नवनिर्वाचित अध्यक्ष बुढाले बौद्ध युवा क्लबले स्थापनाकालदेखि नै युवाहरुलाई खेलकुदसंगै सामाजिक गतिविधिहरुमा सक्रिय बनाउँदै आएको बताउँदै सवै सरोकारवालासंग समन्वय गरेर अझ रचनात्मक युवा लक्षित कार्यक्रमहरु क्लब मार्फत अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
क्लवले वडा नम्वर ७ का वडा सदस्य रमेश फगामी, किरण तुलाचन, डेकेन्द्र खत्री, कृष्ण श्रेष्ठ र सुवास कुमार श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको क्लवका नवनिर्वाचत सचिव श्यामसुन्दर कँडेलले जानकारी दिनुभयो । २०६४ सालमा स्थापना भएको क्लवले खेलकुद तथा सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको छ ।
प्रतिक्रिया