logo
  • ३० जेष्ठ २०८३, शनिबार | Sat, 13 Jun 2026
  • नख्खु कारागारबाट भागेका कैदी म्याग्दीबाट पक्राउ

    • myagdipress myagdipress
    • २६ जेष्ठ २०८३ मंगलवार
    नख्खु कारागारबाट भागेका कैदी म्याग्दीबाट पक्राउ

    म्याग्दी । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले पक्राउ गरेको छ ।

    लागुऔषध मुद्दामा दुई वर्ष एक महिना कैद फैसला भई नख्खु कारागारमा कैद भुक्तानी गरिरहेको अवस्थामा भदौमा भएको जेनजी आन्दोलनको क्रममा भागेका कैदीलाई मालिका गाउँपालिका–७, भारवाङबाट पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार सप्तरीको खड्क नगरपालिका १० का ५४ वर्षीय विश्वासनाथ भगतलाई पक्राउ गरीएको हो । प्रहरीले भगौडा कैदीलाई २०८२ जेठ २६ गते गिरफ्तार गरेको सुचना अधिकारी तिमिल्सिनाको भनाइ छ ।



    myagdipress myagdipress    
  • २६ जेष्ठ २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP