म्याग्दी । जिल्ला स्थित उद्योगी व्यवसायीहरुको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको अवसरमा विभिन्न संघसंस्था, उद्योगी व्यावसायीलाई आर्थिक सहयोग तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ ।
उक्त साधारण सभाको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले आगामी आर्थिक बर्षको बजेटमा म्याग्दीलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । उहाँले म्याग्दीको भुगोल र यहाँको आवश्यकताका बारेमा आफुलाई जानकार रहेको भन्दै आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने बताउनुभयो ।
यसैगरी जिल्लामा संचालित क्याम्पसहरु मध्येबाट २०८१ मा बजार शास्त्र, व्यवस्थापन संकाय (बिबिएस) मा म्याग्दी क्याम्पसबाट ६४.३५ प्रतिशत अंक सहित सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र बेनपा २ का सुरेन्द्र थापा, छात्रा तर्फ ७६.४५ प्रतिशत ल्याउने बेनपा ४ कि सुजता पौडेललाई नगद ५ हजार सहित च्याम्वर अर्वाडद्वारा पुरस्कृत गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषबाट गएको १ वर्षको अवधिमा विभिन्न विपद्लगायत घटनाबाट क्षति बेहोरेका उद्योगी, व्यवसायी तथा आफन्त गुमाएका संघका विभिन्न सदस्यहरुलाई २ लाख ३० हजार रकम हस्तान्तरण गरिएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण जिसीले जानकारी दिनुभयो। साथै बेनपा ४ तातोपानीका तुलप्रसाद नेपालीको फेन्सी पसलमा बाढीले क्षेती पुराएको भन्दै संचालक नेपालीलाई नगद दश हजार रुपैयाँ सहयोग गरिएको छ ।
साधारणसभामा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले संस्थागत, महासचिव नारायण घर्ती क्षत्रीले प्रगति र कोषाध्यक्ष सुमन श्रेष्ठले प्रस्तुत गर्नुभएको गएको आवको आयव्ययसहितको आर्थिक प्रतिवेदन बन्द सत्रमा सर्वसम्मत पारित गरिएको महासचिव जिसीले बताउनुभयो ।

साधारणसभाको उद्घाटनसत्रमा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका सचिव भरत बहादुर रकाल, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरबहादुर थापा, गण्डकी प्रदेश सभा सदस्यद्धय रेशम बहादुर जुग्जाली, हरिभण्डारी, स्थानीय तहको तर्फबाट बेनी नगरपालिका प्रमुख सुरत केसी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले स्वागतसहित अध्यक्षता र महासचिव नारायण जिसीले सञ्चालन गर्नुभएको साधारणसभाको उद्घाटनसत्र संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले धन्यवाद मन्तव्यका साथ समापन गर्नुभएको थियो ।

प्रतिक्रिया