logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • कानूनविपरीत सुविधा लिएका पूर्वसभामुखरराष्ट्रियसभा अध्यक्षले गरे गाडी फिर्ता

    • myagdipress myagdipress
    • १४ आश्विन २०८२ मंगलवार
    कानूनविपरीत सुविधा लिएका पूर्वसभामुखरराष्ट्रियसभा अध्यक्षले गरे गाडी फिर्ता

    सरकारले कानूनविपरीत सवारी साधन सुविधा लिएका पूर्वविशिष्ट पदाधिकारीलाई फिर्ता गर्न सूचना जारी गरेपछि त्यसका नतिजा देखिन थालेको छ ।

    अर्थमन्त्री रामेश्वर खनालका अनुसार अहिलेसम्म पूर्वसभामुखहरु कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फिर्ता गरेका छन् ।

    कानूनमा सवारी साधन सुविधा दिने प्रबन्ध नभएपछि उनीहरूले सुविधा लिइरहेका थिए । अर्थमन्त्रीले सामाजिक सञ्जालमार्फत उनीहरूले सुविधाका रूपमा लिँदै आएका सवारी फिर्ता भएको जानकारी आफूलाई भएको बताएका हुन् ।



    myagdipress myagdipress    
  • १४ आश्विन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP