म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६, उपल्लो दरवाङमा बुधबार बिहान घाँस काट्न जाने क्रममा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। निधन हुनेमा सोही स्थानका ६२ वर्षीय सुबिलाल केसी रहेका छन्।
स्थानीयका अनुसार, केसी हिजो बिहान करिब ५ः३० बजेतिर घरबाट घाँस काट्नका लागि गाउँनजिकैको भीरतर्फ जाँदै गर्दा अचानक चिप्लिएर लडेका थिए। भीरबाट तल खसेका केसीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दरवाङको टोली घटनास्थल पुगेको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया