logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • मोना यूएईले ‘तेस्रो मोना भलिबल कप प्रतियोगिता’ आयोजना गर्ने

    • myagdipress myagdipress
    • ३ मंसिर २०८२ बुधबार
    मोना यूएईले ‘तेस्रो मोना भलिबल कप प्रतियोगिता’ आयोजना गर्ने

    म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना) यूएईले तेस्रो मोना भलिबल कप प्रतियोगिता आयोजना गर्ने भएको छ । रोजगार र ब्यवसायको शिलशिलामा यूएईमा रहेका नेपालीहरुमा खेलकुदमार्फत एकताको सन्देश फैलाउने उद्देश्यले संचालन गर्दै आईएको मोना कप भलिबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्न लागिएको मोना यूएईका अध्यक्ष काजीमान बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगिता दुवैस्थित अलनासर क्लवमा आउँदो नोभेम्वर ३० तारिख हुने छ ।

    यूएईमा रहेका विभिन्न जिल्लाका संघसंस्थालाई प्रतियोगितामा सहभागिता जनाउन मोना यूएईले आव्हान गरेको छ । प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई ट्रफी,मेडल, प्रमाणपत्र सहित ५ हजार ५५५ र ३ हजार ३३३ दिर्हामले पुरस्कृत गरिने मोना यूएईका खेलकुद संयोजक बेल फगामीले बताउनुभयो ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर,उत्कृष्ट लिब्रो,उत्कृष्ट सेतर र उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कारको व्यवस्था गरिएको छ । अध्यक्ष बुढाथोकीका अनुसार प्रतियोगिता सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

    प्रतियोगिताको गोल्ड स्पोन्सर मोना अन्तराष्ट्रि«यका अध्यक्ष ददीवल खड्का, उपाध्यक्ष हरि राम्जाली र सल्लाहकार मिम पूर्जाले गर्नुभएको छ । प्रतियोगितालाई भव्य रुपमा संचालन गर्नका लागि आर्थिक संकलन, प्रचारप्रसार लगायतको तयारीलाई तिव्र पारिएको छ ।



    myagdipress myagdipress    
  • ३ मंसिर २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP