logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • पत्रकार महाँसघको नवौं साधारण सभा सम्पन्न

    • myagdipress myagdipress
    • ९ जेष्ठ २०८३ शनिबार
    पत्रकार महाँसघको नवौं साधारण सभा सम्पन्न

    म्याग्दी । नेपाल पत्रकार महाँसघ म्याग्दीको नवौं साधारण सभा शुक्रवार बेनीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महाँसघ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले सभाको उद्घाटन गर्नुभएको हो ।

    कार्यक्रममा उपस्थित नेकपा एमाले अध्यक्ष वालकृष्ण सुवेदी, नेकपाका शेरवहादुर केसी, राप्रपाका अध्यक्ष वीरबहादुर थापा, बेनी नगरपालिका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, उद्योग वाणिज्य संघका उपाध्यक्ष लिलाराम गौतम, महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, महासचिव जमुना वर्षा शर्मा, पत्रकार महाँसघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का समेतका वक्ताहरुले प्रविधिको विकासले पत्रकारितालाई सजिलो र चुनौतिपूर्ण दुवै बनाएको बताएका थिए ।

    वक्ताहरुले न्यू मिडियाको रुपमा उदाएका सामाजिक संञ्जालहरुमा छिटो भाईरल हुने लोभमा सत्यतथ्य र सामाजिक मर्यादाहरु भत्काउँदै अगाडी बढेकोले पाठकहरुले सत्यतथ्य भन्दाबढी भाईरल र सतही कुरा मात्र पढ्न बाध्य भएको जीकिर गर्दै असल पत्रकारहरुले जिम्मेवार कन्टेन्ट मार्फत पनि आयआर्जन गर्न सक्ने र पाठकलाई गतिलो खुराक पस्कन संभव रहेकोले परम्परावादी पत्रकारितामा सुधार आवश्यक रहेको उल्लेख गरे ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका महासंघ गण्डकी प्रदेशका अध्यक्ष पौडेलले दुई तिहाइको सरकारले जारी गरेको सरकारी विज्ञापन सरकारी मिडियामा मात्र छाप्ने नीति लिएर निजी क्षेत्रको संञ्चार माध्यमलाई धराशायी बनाउने र जनताको आवाज थुन्ने निरंकुश शासक शैलि अपनाएको बताउनुभयो ।

    सो अवसरमा सरकारले निजी क्षेत्रका संञ्चार माध्यमहरु बन्द गराउने कुत्सित मनसायबाट सरकारी विज्ञापनमा लगाएको रोक विरुद्ध पत्रकार महाँसघले सुरु गरेको दोस्रो चरणको आन्दोलनलाई एक्यवद्धता जनाउदै हस्ताक्षर समेत गरेका थिए ।

    साधारण सभाले सचिव ठाकुर प्रसाद आचार्यले पेश गरेको प्रगति प्रतिवेदन र आगामी वर्षको कार्ययोजना तथा कोषाध्यक्ष साधन राम्जालीले पेश गरेको आर्थिक प्रतिवेदनमा ब्यापक छलफलपछि उठेका विषय समावेश गर्नेगरी अनुमोदन गर्दै गरिएको थियो ।

    सभा महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सचिव आचार्यको संचालनमा सम्पन्न भएको थियो ।



    myagdipress myagdipress    
  • ९ जेष्ठ २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP