काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ। शीतल निवासमा शपथ लिएलगत्तै सिंहदरबार पुगेर जिम्मेवारी सम्हाल्नुभएको हो ।
जिम्मेवारी सम्हालेपछि उहाँले आफू दिनरात नभनी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
मन्त्री पुनले भन्नुभयो, ‘यो विज्ञान प्रविधिको विकासको लागि ढिलो–ढिलो हिँडेर ठाउँमा पुगिँदैन। एकदम द्रुत गतिमा रात–दिन काम गरेर अगाडि बढ्ने हो। म यो पदमा धेरै बस्दिनँ पनि।’
उहाँले सरकारको कार्यकाल ५ बर्ष भएपनि आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा बस्ने बताउनुभयो।
उहाँले थप्नुभयो, ‘मैले अब जे जति गर्न सकिन्छ, सकेसम्म रात–दिन काम गर्छु। यो सरकार ५ वर्षको हो। म बढीमा ३ वर्ष बस्ने यहाँ घोषणा गर्छु।’
मन्त्री पुनले तीन वर्षमा मन्त्रालयमा राम्रो जग बसाले नयाँ युवा नेताहरूलाई हस्तान्तरण गर्ने बताउनुभयो।
प्रतिक्रिया