logo
  • २७ भाद्र २०८३, शनिबार | Sat, 12 Sep 2026
  • बेनपा २ दारीमपाटामा एक वृद्धाको धारिलो हतियार प्रयोग गरि हत्या

    • myagdipress myagdipress
    • २२ भाद्र २०८३ सोमबार
    बेनपा २ दारीमपाटामा एक वृद्धाको धारिलो हतियार प्रयोग गरि हत्या

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर २ दारिमपाटामा ७२ वर्षीया मनकुमारी घिमिरेको हत्या भएको छ । सोमबार विहान करिव साढे ११ बजेको समयमा मनकुमारीलाई आफ्नै नातीले घरमा वसिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरि हत्या गरेको हो ।

    धारिलो हतियार प्रहार गरी फरार भएको खबर पाए पछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो ।

    उनकी छोरीका छोरा अन्दाजी २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका थिए ।

    खोजतलासका क्रममा बरुवाललाई बेनी नगरपालिका–२, हाडेभिरस्थित भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो । घटनाबारे आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको कार्य भइरहेको छ ।



    myagdipress myagdipress    
  • २२ भाद्र २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP