logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • सम्पर्कविहिन गूर्जाका पूर्णबहादुर छन्त्याल मृत भेटिए

    • myagdipress myagdipress
    • १७ जेष्ठ २०८३ आईतवार
    सम्पर्कविहिन गूर्जाका पूर्णबहादुर छन्त्याल मृत भेटिए

    घरबाट बेपत्ता हुनुभएका धवलागिरी गाउँपालिका–१, गुर्जाका ७९ बर्षिय पूर्णबहादुर छन्त्यालको धवलागिरी–३ स्थित पार्वती आमा समूह सामुदायिक वन मुनामा भेटिएको छ ।

    शव डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको रहेको पुष्टि भएको छ । शव करिब डेढ महिनापछि शनिबार भेटिएको हो ।

    बैशाख २ गते घरबाट बेपत्ता हुनुभएका छन्त्यालको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो ।

    मानसिक अवस्था कमजोर छन्त्यालको खोजीकार्यका लागि आफन्त र गाउलेबाट विभिन्न स्थानमा पुगेपनि पत्ता लागेको थिएन । शव सडेको अवस्थामा भेटिएको छ ।

    परिवारले शवलाई पहिचान गरेपछि थप कानुनी प्रक्रिया अगाडी बढाउने र शव हस्तान्तरण गरिने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जंगलमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।



    myagdipress myagdipress    
  • १७ जेष्ठ २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP