logo
  • ७ कार्तिक २०८३, शुक्रबार | Fri, 23 Oct 2026
  • लोक दोहोरी प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा पशुपति शर्मा

    • myagdipress myagdipress
    • २४ आश्विन २०८३ शनिबार
    लोक दोहोरी प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा पशुपति शर्मा

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको महोत्तरीको बर्दिबासमा सम्पन्न ९औँ महाधिवेसनले चर्चित गायक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

    महाधिवेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, साङ्गठनिक उपाध्यक्षमा राजु ढकाल, प्रशासनिक उपाध्यक्षमा रमेशराज भट्टराई, महिला उपाध्यक्षमा देवी घर्ती, खुल्ला उपाध्यक्षहरूमा श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, पुष्कल शर्मा, रबिन लामिछाने चयन गरेको छ ।

    त्यस्तै, महासचिवमा शिव हमाल, साङ्गठनिक उपमहासचिवमा पिएन सापकोटा, प्रशासनिक उपमहासचिवमा ईश्वरी भुसाल, कोषाध्यक्षमा जुना श्रीष मगर, महिला सचिवमा सम्झना लामिछाने मगर चयन भए ।

    भूगोल प्रदेश बागमती सचिवमा उषा सुबेदी, भूगोल प्रदेश मधेस सचिवमा कृष्ण प्रसाद गौतम, भूगोल सुदूरपश्चिम सचिवमा नवीन सिंह धामी, भूगोल गण्डकी सचिवमा प्रकाश भट्ट, भूगोल लुम्बिनी सचिवमा प्रेम शर्मा, भूगोल कोशी सचिवमा विष्णु घिमिरे, भूगोल कर्णाली सचिवमा राजकुमार खत्री, उपत्यका सचिवमा सुजन लम्साल, विदेश सचिवमा सूर्य खड्का निर्वाचित भएका छन ।

    साङ्गठनिक सहसचिवमा कुमार राना मगर, प्रशासनिक सहसचिवमा तिलक परियार, महिला सहसचिव मनमाया वाइबा, विदेश सहसचिवमा रेशम निर्दोष, खुल्ला सहकोषाध्यक्षहरुमा कुमार पुन मगर र सम्झना भण्डारी, महिला सहकोषाध्यक्षमा जालुमाया गुरुङ चयन भएका छन् ।

    ३३ जना सदस्यहरुमा अनुज अधिकारी, ईश्वर सिंह, ओबी रायमाझी, कला पंगेनी, नरेश खाती, प्रकाश पराजुली, बालचन्द्र बराल, मदन परियार, मोहन खड्का, युवराज चौलागाई, रबी कार्की, राजकुमार नेपाली, सपना सुनाम, सुमन परियार, कबिता खत्री, कालिका रोका, टीका सानु, निरु श्रीष मगर, प्रतिमा अर्याल, सुनितामी परियार, शान्तारानी परियार, ईश्वरी प्रसाद पन्त (मदेश) , तुलसी क्षेत्री (गण्डकी), दिपु मगर (लुम्बिनी), बाल कुमार श्रेष्ठ (कोशी), बासुदेब सिंखडा (बागमती), लाल बहादुर धामी (सुदूरपश्चिम), हरिमाया कार्की (कर्णाली), अर्जुन थापा मगर (उपत्यका), विजय केसी (विदेश, महेन्द्र न्यौपाने छानिएका छन ।

     



    myagdipress myagdipress    
  • २४ आश्विन २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP