logo
  • ७ कार्तिक २०८३, शुक्रबार | Fri, 23 Oct 2026
  • सातौँ अर्थुङ्गे कप फुटसलको उपाधि आयोजकले जित्यो

    • myagdipress myagdipress
    • २५ आश्विन २०८३ आईतवार
    सातौँ अर्थुङ्गे कप फुटसलको उपाधि आयोजकले जित्यो

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न सातौँ अर्थुङ्गे कप फुटसल प्रतियोगिताको उपाधि आयोजकको जितेको छ । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै समाज र राष्ट्रको आधारशिलाका रूपमा विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको फाइनल खेलमा बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको अर्थुङ्गे युवा क्लबले ४–१ गोलले थकाली एक्स निलगिरी हाडर्वयरलाई पराजित गरेको थियो ।

    असोज २३ र २४ गते बेनी फुटसल शिक्षामार्गमा भएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता, उपविजेताले क्रमश १ लाख ११ हजार १ सय ११ नगद र ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लव अध्यक्ष विवेक बानियाँ क्षेत्रीले बताउनुभयो । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी आशिष गुरुङ,उत्कृष्ट गोलरक्षक अञ्जन क्षेत्रीले नगद ५ हजार, ट्रफि प्राप्त गरेका थिए भने अनुशासित टिम धुवी बोट एफसीले ७ हजार पुरस्कार प्राप्त गरेको थियो ।

    प्रतियोगिताको उद्घाटन बेनी नगरपालिकाका मेयर सुरत केसीले गर्नुभएको थियो । यसअगाडी तोकिएको समयमा म्याग्दीमा बाढीपहिरोका कारण जनजिवन अस्तब्यस्त भएपछि नयाँ कार्यतालिका अनुसार सञ्चालन गरिएको आयोजकले जनाएको छ । क्लवले प्रतियोगिताको नयाँ मिति तय गरी बाढीपहिरोका कारण बेनीबजार तथा आसपासका क्षेत्रमा खानेपानीको अभाव झेल्दै आएकालाई निशुल्क पानी वितरण समेत समेत गरेको थियो ।

    यसैबीच प्रतियोगिताको आयब्यय सार्वजनिक गरी बचतले सामाजिक कार्य गरिने क्लवका सल्लाहकार विवेक हमालले जानकारी दिनुभयो । गाउँमा सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय रहेको क्लवले विभिन्न खेलकुद प्रतियोगिता सहित रचनात्मक कार्य गर्दै आएको छ ।



    myagdipress myagdipress    
  • २५ आश्विन २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP