logo
  • ७ कार्तिक २०८३, शुक्रबार | Fri, 23 Oct 2026
  • राष्ट्रिय विपत्तिका कारण पूर्वराजाले दसैँमा सर्वसाधारणलाई टीका नलगाउने

    • myagdipress myagdipress
    • २५ आश्विन २०८३ आईतवार
    राष्ट्रिय विपत्तिका कारण पूर्वराजाले दसैँमा सर्वसाधारणलाई टीका नलगाउने

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने घोषणा गर्दै सर्वसाधारणलाई टीका नलगाउने भएका छन् ।

    निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनामा भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित, सैयौँको निधन र ठूलो जनधन क्षति भएको अवस्थामा दसैँ सादगी ढंगले मनाउने निर्णय गरिएको उल्लेख छ ।

    सूचनामा आस्था, मान्यता र मर्यादा कायम राख्दै यस वर्षको बडा दसैँ सादगीपूर्वक मनाइने र यस वर्ष विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाउने कार्यक्रम पनि नराखिएको जानकारी दिइएको छ ।



    myagdipress myagdipress    
  • २५ आश्विन २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP