logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • सुन तोलामा १४ सय बढ्यो, चाँदी कीर्तिमानी मूल्यमा

    • myagdipress myagdipress
    • १५ मंसिर २०८२ सोमबार
    सुन तोलामा १४ सय बढ्यो, चाँदी कीर्तिमानी मूल्यमा

    चाँदीको मूल्यमा कीर्तिमानी कायम भएको छ । पहिलो पटक चाँदीको भाउ तोलामा ३५ सय रुपैयाँ नाघेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३५३५ रुपैयाँ तय गरेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ३४९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    त्यस्तै सुनको भाउ तोलामा १४०० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ ।



    myagdipress myagdipress    
  • १५ मंसिर २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP