logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • अव बैंक कर्मचारीलाई अतिरिक्त काममा लगाउँदा अतिरिक्त पारिश्रमिक

    • myagdipress myagdipress
    • ९ जेष्ठ २०८३ शनिबार
    अव बैंक कर्मचारीलाई अतिरिक्त काममा लगाउँदा अतिरिक्त पारिश्रमिक

    बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यालय समयभन्दा अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाअनुसार अतिरिक्त पारिश्रमिक दिनुपर्ने व्यवस्था गरिएको छ।

    नेपाल राष्ट्र बैंकले जारी गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून र निर्देशनअनुसार मात्रै काममा लगाउनुपर्ने उल्लेख गरिएको छ।

    साथै, कार्यालय समयभन्दा बाहिर काममा खटाइएमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्नुपर्ने तथा कर्मचारीलाई जबर्जस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ।

    यस्तै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था पनि गरिएको छ।

    निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री बनाउनुपर्नेछ। त्यस्ता शाखाको विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

     

     

     



    myagdipress myagdipress    
  • ९ जेष्ठ २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP