logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • म्याग्दीमा भिरबाट लडेर महिलाको मृत्यु

    • myagdipress myagdipress
    • १३ जेष्ठ २०८३ बुधबार
    म्याग्दीमा भिरबाट लडेर महिलाको मृत्यु

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ चौरखानीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ४५ वर्षीया कलीमाया विक रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बुधबार बिहान करिब ११ः३० बजे चौरखानीस्थित भिरबाट करिब २०० मिटर तल खसेर रुखको जरामा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो ।

    मृतकका श्रीमान सबहादुर विकले घटनाको बारेमा अस्थायी प्रहरी पोष्ट चिमखोलामा खबर गरेपछि प्रहरी हवल्दार सुरज घर्ती क्षेत्रीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    प्रहरी टोली दिउँसो १२ः३० बजे घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गर्दा कलीमाया विक जेठ १२ गते (हिजो) घरदेखि करिब ३०० मिटर टाढा रहेको “माथिताला” भन्ने स्थानबाट सिस्नो टिपेर फर्किने क्रममा लडेको बुझिएको प्रहरीले जनाएको छ । मृतकको शव रुखमै अड्किएको अवस्थामा रहेको छ । त्यहाँबाट वाहिर निकालिएको छैन ।

    घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।



    myagdipress myagdipress    
  • १३ जेष्ठ २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP