logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • रास्वपा बेनी नगरको सभापतिमा राजबहादुर केसी

    • myagdipress myagdipress
    • १७ जेष्ठ २०८३ आईतवार
    रास्वपा बेनी नगरको सभापतिमा राजबहादुर केसी

    राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दी अन्तर्गत बेनी नगरपालिकाको प्रथम अधिवेशनबाट सभापतिमा राज बहादुर केसी निर्वाचित हुनुभएको छ। शनिबार बेनीमा सम्पन्न अधिवेशनमा सभापतिमा केसी र सरोजकुमार बानियाँ बिच मतदान भएको थियो । मतदान पश्चात लोकप्रीय मतका साथ सभापतिमा केसी विजयी बन्नुभएको हो ।

    अन्य पदाधिकारीहरु भने सर्वसहमतिमा चयन भएका थिए । उपसभापतिमा यादव सुबेदी, सचिव काशीराम घिमिरे,सहसचिव जमुना जिसी रहनुभएको छ । कार्यसमितिको सदस्यहरुमा कमला दर्जी,पदम बहादुर खड्का,मन कुमारी थापा,गंगे दर्जी र सुवास थापा रहनुभएको जिल्ला सभापति यूवराज रोकाले बताउनुभयो । अधिवेशनको केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य केपी खनालले उद्घाटन गर्नुभएको थियो

    अधिवेशनको अवसरमा केन्द्रिय सदस्य मोहनजंग थापा लगायतले सम्बोधन गर्नुभएको थियो । अधिवेशनबाट जिल्ला अधिवेशन प्रतिनिधि ४ जना, प्रदेश अधिवेशन प्रतिनिधि १ जना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि १ जना समेत सर्वसम्मत रूपमा चयन गरेको छ ।

    नवनिर्वाचित कार्यसमितिलाई रास्वपाका नेता दिपक श्रेष्ठले सपथ ग्रह्ण गराउनुभएको थियो । नवनिर्वाचित नगर सभापति केसीले पार्टीको संगठन सुदृढीकरण, सुशासन, पारदर्शिता तथा जनमुखी राजनीतिक अभ्यासलाई थप मजबुत बनाउन यहाँहरूको भूमिका प्रभावकारी बनाउने बताउनुभयो ।



    myagdipress myagdipress    
  • १७ जेष्ठ २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP