logo
  • ११ श्रावण २०८३, सोमबार | Mon, 27 Jul 2026
  • भुरुङ तातोपानीमा एक पुरुष मृत अवस्थामा फेला

    • myagdipress myagdipress
    • २९ असार २०८३ सोमबार
    भुरुङ तातोपानीमा एक पुरुष मृत अवस्थामा फेला

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीस्थित बेनी–जोमसोम सडक खण्डको सडक नालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

    मृतक झापाको मेचीनगर नगरपालिका–१५ स्थायी घर भई हाल भुरुङ तातोपानीस्थित होटल नेचुरल स्प्रिङमा सरसफाइको काम गर्दै आएका ५३ वर्षीय कमलप्रसाद रिमाल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

    आइतबार दिउँसो करिब साढे दुई बजे स्थानीयवासीबाट सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भुरुङ तातोपानी र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट अपराध अनुसन्धान टोलीसहितको प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

    प्रहरीका अनुसार मृतकको शव हाल म्याग्दी अस्पतालमा राखिएको छ । घटनाको कारण भने खुल्न सकेको छैन । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    myagdipress myagdipress    
  • २९ असार २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP