म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलको नवौं महाधिवेशन तिलक पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्ष नरेन छन्त्याल, महिला उपाध्यक्ष टीका पुन, उपाध्यक्ष तेजिन पुन, उपाध्यक्षत्रय चन्द्र सेरपुन्जा, भबिन पुन, कुन्जन चोचाङ्गे, महासचिव कृष्ण मल्ल, सचिव कुम बहादुर पाईजा, जिवराज शर्मा, कोषाध्यक्ष निल कुमारी सेरपुन्जा, सहकोषाध्यक्ष–ओम पुन युवासंयोजक संकलन पुर्जा, खेलकुद संयोजक सुनिल सुन्दास, साँस्कृति संयोजक कवि पाईजा रहनुभएको छ ।
त्यसैगरी सास्कृतिक उपसंयोजक लालु बिक, फुटबल संयोजक रोन्च पुर्जा, बास्केटबल संयोजक दिपेश सेरपुन्जा रहनुभएको महासचिव मल्लले जानकारी दिनुभयो । कार्यसमितिको सदस्यहरुमा समीर जिसि, बिकाश पाईजा, राजन थजाली, धनु सेरपुन्जा, विशाल जुग्जाली, संजय कार्की, सरन गुरुङ, नवीन सेरपुन्जा, हर्क पुन, राम पाईजा, सचिन रोका, रबिन तिलिजा, भेजेन्द्र छन्त्याल, प्रबिन पुन, भिम रोका, रमेश पुन, दिलु जुग्जाली र बल बहादुर पुन रहनुभएको छ ।
मोना पोर्चुगलको संरक्षकमा नर फगामी, रविन पुन, दिपु मगर, प्रमुख सल्लाहकारमा धन थापा, सन्देश पुर्जा, तेजिन्द्र छन्त्याल, राम गर्बुजा रहनुभएको छ । अधिवेशनको उद्घाटन गदै मोना अन्तराष्ट्रियका प्रबक्ता लोकराज मगरले प्रवासमा रहेका म्याग्देलीलाई मोनामा आबद्ध हुन तथा मोनामार्फत रचनात्मक कार्यहरुमा सहभागिताका लागि अनुरोध गर्नुभयो ।
अधिवेशनबाट निर्वाचितलाई प्रमुख अतिथि मगर र निर्वाचन समिति संयोजक नरप्रसाद फगामीले बधाई तथा सपथ ग्रहण गराउनुभएको थियो । यसैबीच नवनिर्वाचत कार्यसमितिलाई मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया